• २०८१ बैशाख ६ बिहीबार

पोलार्डको तुफानी पारीले पंजावमाथि मुम्बईको जित 

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत मुम्बई इण्डियन्सले किंग्स इलेभेन पंजावलाई ३ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पंजावले दिएको १९८ रन पछाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्दै खेल ३ विकेटले जितेको हो ।

मुम्बईको जितमा वेस्टइन्डिजका अलराउन्डर केरन पोलार्डले तुफानी पारी खेलेका छन् । पोलार्डले ३१ बलमा ८३ रनको उत्कृष्ट पारी खेलेका थिए । पोलार्डले आफ्नो पारीमा ३ चौका र १० छक्का हानेका थिए । 

मुम्बईका लागि क्वेंटक डी ककले २४, सुर्य प्रसाद यादवले २१, हार्दिक पाण्डेयले १९ र अल्जारी जोसेपले १५ रनको योगदान दिएका थिए ।

पंजावका बलर मोहमद सामीले ३ विकेट लिए भने अंकित राजपुत, आर आश्विन र साम कुरानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पंजावले २० ओभरमा ४ विकेट गुमाउदै १९७ रन बनाएको थियो । पंजावका लागि केएल राहुलले अविजित सय रन बनाएका थिए । राहुलले ६४ बलमा यस आइपिएलमा आफ्नो पहिलो सय रन बनाएका थिए । त्यस्तै क्रिस गेलले ३६ बलमा ६३ रनको तुफानी पारी खेलेका थिए ।

मुम्बईका बलर हार्दिक पाण्डेयले २ विकेट लिए भने जसप्रित बुमराह र बेहरेनड्रोफले एक एक विकेट लिएका थिए ।

यो जितसहित मुम्बई इण्डियन्स ६ खेलमा ४ जित हासिल गर्दै ८ अंक बटुलेर अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने पंजाव ७ खेलमा ४ जित र ३ हारसहित चौथो स्थानमा रहेको छ ।

आइपिएल अन्तर्गत आज राजस्थान रोयल्स र चेन्नई सुपरकिंग्सबीच खेल हुदै छ । 
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै