• २०८१ बैशाख ७ शुक्रबार

जब महेन्द्रसिंह धोनी एयरपोर्टमा भुइँमा सुते...

kharibot

काठमाडौँ । जारी आइपिएलमा हरेक दिन रोचक घटना भैरहेका छन् । अहिलेसम्मका खेलपछि छनै सुपरकिंग्स ६ खेलमा ५ खेल जितेर अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । मंलगबार राति चेन्नईले कोलकोतालाई पराजित गरेर अंक तालिकामा शिर्षस्थानमा उक्लिएको हो ।

यसैबीच चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्रसिंह धोनी एयरपोर्टमा आफ्नो झोला सिरानी राखेर भुइँमा सुतेको तस्बीर अहिले इन्टरनेटमा भाइरल भएको छ । धोनीले आफ्नै सामाजिक संजालमा सो तस्बीर पोष्ट गर्दै भनेका छन्, ‘जब आइपिएलको समयले बाध्य बनाउछ अनि बिहान बिहान फ्लाइट भएपछि यस्तो हालत हुन्छ ।’

धोनीले सामाजिक संजालमा सेयर गरेको तस्बीरमा एयरपोर्टमा विमान पर्खिनेक्रममा भुइँमा झोलाको सिरानी बनाएर आराम गरेको देखिएको छ । यस तस्बीरमा धोनीकी पत्नी साक्षी पनि सुतेको देखिएको छ ।

भारतीय क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका धोनीको यो साद्कीलाई अहिले इन्टरनेटआमा प्रसंसा गरिएको छ । तर धोनीका लागि भने यो नयाँ कुरा होइन । यसअघि पनि धोनी थकान मेटाउन जमिनमै सुतेको घटना सार्वजनिक भएका थिए ।

यस अघिपनि धोनी भारतीय क्रिकेट टिमसँग एयरपोर्टमा सुतेको देखिएका थिए । सन् २०१७ मा धोनी श्रीलंका विरुद्धको एकदिवसीय खेलका क्रममा रोहित शर्मा १२२ रन बनाएर खेलिरहेका थिए भने धोनी ६१ रन बनाएर खेलिरहेका बेला खेल करिब ३५ मिनेटका लागि अवरुद्ध भएको थियो । सो समय धोनी मैदानमै सुतेका थिए । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै