• २०८१ बैशाख ६ बिहीबार

एम्पायरको निर्णयमा विवाद गरेपछि धोनी कारवाहीमा 

kharibot

काठमाडौँ । चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्रसिंह धोनी कारवाहीमा परेका छन् । आइसीसीको नियम उलंघन गरेको आरोपमा धोनीलाई उनको खेल फिसको ५० प्रतिशत जरिवाना गरिएको हो ।

गएराती सम्पन्न राजस्थान रोयल्सविरुद्धको खेलमा चेन्नईले ब्याटिंग गरेको अन्तिम ओभरको चौथो बलका विषयमा एम्पायरसँग विवाद गरेपछि धोनीलाई सो कारवाही गरिएको हो ।

चेन्नईलाइ जितका लागि ३ बलमा ८ रन आवश्यक रहेका बेला राजस्थानका बेन स्टोकले फालेको बल नो बल भएको भन्दै चेन्नईका खेलाडीले विरोध गरेका थिए । क्रिजमा रहेका रविन्द्र जडेजा र मिचेल सान्टनरले एम्पायरसँग नो बल भएको बताइरहदा धोनी मैदानमा छिरेर एम्पायारसँग विवाद गरेका थिए । तर एम्पायरले भने नो बल दिएका थिएनन् ।

धोनीलाई लेभल २ अफेन्स अन्तर्गत आर्टिकल २.२० अन्तर्गत दोषी बनाउदै कारवाही गरिएको जनाइएको छ । यस आर्टिकल अन्तर्गत खेलको स्प्रिटविरुद्ध गरिने क्रियालाप जनाउछ ।

अन्तिम ओभरमा १८ रन आवश्यक रहेको चेन्नईले अन्तिम बलमा छक्का प्रहर गर्दै मिचेल सान्टनरले जित दिलाएका थिए ।

यस जितपछि चेन्नईले ७ खेलमा ६ खेलमा जित हासिल गर्दै १२ अंकसहित अंकतालिकामा शिर्ष स्थानमा रहेको छ । 
 
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै