• २०८१ बैशाख ७ शुक्रबार

डीज्नीले ल्यायो आफ्नो छुट्टै स्ट्रिमिंग सेवा !

kharibot

डीज्नीले बिहीबार आफ्नो छुट्टै स्ट्रिमिंग सेवाको घोषणा गरेको छ ।

२०१९ को नभेम्बर १२ देखि आधिकारिक रुपमा सुरु गरिने डिज्नीको भिडियो स्ट्रिमिंग वेबसाइट डिज्नी प्लसमा मार्भलका सबै नयाँ चलचित्रका साथै ओरिजिनल सिरिज, डकुमेन्ट्री तथा चलचित्रहरू उपलब्ध हुनेछन् । डिज्नी प्लसमा पहिलो वर्षभित्र मार्भल स्टुडियोजका कम्तीमा पाँच रिजिनल सिरिजहरू उपलब्ध हुनेछन् । त्यसैगरी डिज्नी प्लसमा मार्भलले आफ्नो पहिलो एनिमेटेड सिरिज ‘वाट इफ..?’ पनि देखाउने छ ।

यसका साथै डिज्नीले ‘नेसनल जियोग्राफिक’ सँगको सहकार्यमा ‘द वर्ल्ड एकड़िंग टु जेफ गोल्डब्ल्म’ नामको कार्यक्रम पनि देखाउनेछ । उक्त डकुमेन्ट्री सिरिज हलिउड स्टार जेफ गोल्डब्ल्मले संचालन गर्नेछन् ।

ओरिजिनल कन्टेन्टबाहेक डिज्नी प्लसमा अरु पुराना चलचित्र र सिरिजहरू पनि उपलब्ध हुनेछन् । डिज्नीका अनुसार यस नयाँ स्ट्रिमिंग वेबसाइटमा ५०० भन्दा बढी चलचित्र र ७५०० टिभी सिरिजका एपिसोडहरू राखिनेछन् ।

सुरुमा अमेरिकी बजारमा लन्च गरिने डिज्नी प्लसलाई केही वर्षभित्र नै विश्वव्यापी रुपमा लैजाने डिज्नीले जनाएको छ । यसको मासिक ग्राहक मूल्य ६.९९ डलर राखिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै