स्टुडेन्ट अफ द इयर-२ को ट्रेलर, तारासँग ‘लिपलक’ गर्दै टाइगर 

खरीबोट

काठमाडौँ । बलिवुडमा यस बर्षको प्रतिक्षित मध्येको एक फिल्म स्टुडेन्ट अफ द इयरको सिक्वेल फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

यस फिल्मबाट तारा सुतारिया र अनन्या पाण्डेले बलिवुडमा डेभ्यु गर्दै छन् । तारा र अनन्यासहित टाइगर सराफको प्रमुख भूमिका रहेको यो फिल्म सन् २०१२ मा रिलिज भएको स्टुडेन्ट अफ द इयरको सिक्वेल हो । सो फिल्मबाट बलिवुडमा डेभ्यु गरेका बरुण धवन, आलिया भट्ट र सिद्धार्थ मल्होत्रा अहिले बलिवुडका टप कलाकार बनेका छन् ।

स्टुडेन्ट अफ द इयर-२ को ट्रेलर हेर्दा फिल्ममा टाइगर सराफको एक्सन भरपुर रहेको सजिलै अनुमान गर्न सकिन्छ । फिल्ममा टाइगर अभिनेत्री तारासंग लिपलक गरेको दृश्य समेत देखाइएको छ । ट्रेलरले फिल्ममा टाइगर, तारा र अनन्याबीचको त्रिकोणीय प्रेम कहानीको संकेत गर्दछ ।

पुनित मलहोत्राले निर्देशन गरेको यो फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् । यो फिल्म आगामी मे १० मा रिलिज हुदै छ ।   
 

सम्बन्धित समाचार

शाहिद र कियाराको कबीर सिंहलाई ए सर्टिफिकेट  

मुम्बई । बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहलाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिकेट दिएपछि अब यो फिल्म बालबालिकाले हेर्न नपाउने भएका छन् । दक्षिण भारतको ब्लकबष्टर

विदेशीसँग विवाह गर्ने बलिवुडका यी अभिनेत्री   

मुम्बई । बलिवुड अभिनेत्रीहरुको अफ्येर्सले फिल्ममा काम गरेको भन्दा पनि बढी चर्चा पाउने गर्दछ । बलिवुड अभिनेत्रीहरुको आफुसंगै काम गर्ने अभिनेता,क्रिकेटर र व्यापारीहरुसँगको अफ्येर्स जहिले पनि चर्चा हुने गर्दछ ।

दबंग-३ को आइटम गीतमा मलाइकाको ठाउमा वरीना

काठमाडौँ । बलिवुड अभिनेता सलमान खान भारत फिल्मले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरिरहेका बेला अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । सलमान आफ्नै सफल फिल्म दबंगक ओतेस्रो संस्करणको सुटिंगमा अहिले व्यस्त

आदित्य नारायणले काठमाडौंमा लाइभ प्रस्तुती दिने

काठमाडौं । चर्चित गायक आदित्य नारायण झाको काठमाडौंमा गन्जिने भएका छन् । जुलाईको पहिलो साता आदित्य ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुने भएका हुन् ।  'आदित्य नारायण झा लाइभ इन नेपाल’


z