• २०८१ बैशाख ८ शनिबार

स्टुडेन्ट अफ द इयर-२ को ट्रेलर, तारासँग ‘लिपलक’ गर्दै टाइगर 

kharibot

काठमाडौँ । बलिवुडमा यस बर्षको प्रतिक्षित मध्येको एक फिल्म स्टुडेन्ट अफ द इयरको सिक्वेल फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

यस फिल्मबाट तारा सुतारिया र अनन्या पाण्डेले बलिवुडमा डेभ्यु गर्दै छन् । तारा र अनन्यासहित टाइगर सराफको प्रमुख भूमिका रहेको यो फिल्म सन् २०१२ मा रिलिज भएको स्टुडेन्ट अफ द इयरको सिक्वेल हो । सो फिल्मबाट बलिवुडमा डेभ्यु गरेका बरुण धवन, आलिया भट्ट र सिद्धार्थ मल्होत्रा अहिले बलिवुडका टप कलाकार बनेका छन् ।

स्टुडेन्ट अफ द इयर-२ को ट्रेलर हेर्दा फिल्ममा टाइगर सराफको एक्सन भरपुर रहेको सजिलै अनुमान गर्न सकिन्छ । फिल्ममा टाइगर अभिनेत्री तारासंग लिपलक गरेको दृश्य समेत देखाइएको छ । ट्रेलरले फिल्ममा टाइगर, तारा र अनन्याबीचको त्रिकोणीय प्रेम कहानीको संकेत गर्दछ ।

पुनित मलहोत्राले निर्देशन गरेको यो फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् । यो फिल्म आगामी मे १० मा रिलिज हुदै छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै