• २०८१ बैशाख १३ बिहीबार

विप्लव नेकपाका जिल्ला इञ्चार्ज पक्राउ

kharibot

हेटौडा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ९ज्वाला० लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो । 

ज्वालासहित दुईजनालाई हेटौडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । उपरीक्षक सिंहका अनुसार प्रहरीले सवारी जाँचका क्रममा मोटरसाइकलमा सवार ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको हो ।

‘‘सरकारी वकिलसँग सल्लाह गरेपछि कुन मुद्दा लगाउने भन्ने टुङ्गो लगाउँछौं’’ उनले भने । यसअघि पनि चन्द समूहका चार कार्यकर्तालाई पक्राउ गरिएको  मकवानपुर प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै