• २०८१ बैशाख ११ मंगलबार

शिखर र रिषवले दिल्लीलाई जिताए

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सले कोलकोता नाइटराइडर्सलाइ पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा दिल्लीले कोलकोतालाई ७ विकेटले पराजित गरको हो । कोलकोताले दिएको १७९ रनको लक्ष्य पछाएको दिल्लीले १८.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९७ रन बनाए । शिखरले ६३ बलमा ९७ रन बनाएका थिए । त्यस्तै रिषव पन्तले ४६ तथा पृथ्वी शा र कोलिन इन्ग्रामले १४-१४ रन बनाएका थिए ।
कोलकोताका बलर प्रसिद्ध कृष्ण आन्द्रे रसेल र नितिस रानाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै १७८ रन बनाएको हो ।

कोलकोताका लागि शुभम गीलले सर्वाधिक ६५ रन बनाएका थिए । गीलले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यस्तै आन्द्रे रसेलले ४५ रन बनाए । रसेलले २१ बलमा ३ चौका ६ छक्का प्रहार गरेका थिए । त्यस्तै रोबिन उथप्पाले २८, नितिश रानाले ११, दिनेश कार्तिकले २, कार्लोस ब्रेथवेटले ६ रन  र पियुष चावलाले १४ रन बनाए ।

दिल्लीका बलर कागिसो रबाडाले २ विकेट लिए । रबाडाले ४ ओभरमा ४२ रन दिएर २ विकेट लिए । त्यस्तै क्रिस मोरिसले ४ ओभरमा ३८ रन दिएर २ विकेट लिए । त्यस्तै इशान्त शर्माले ४ ओभरमा १ मेडनसहित २१ रन दिएर एक विकेट लिए । अक्सर पटेलले ४ ओभरमा ३० रन दिए । त्यस्तै कीमो पाउलले ४ ओभरमा ४६ रन दिएर २ विकेट लिए । 

यो जितसंगै दिल्लीले ७ खेलमा ४ जित हासिल गर्दै ८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै  कोलकोतापनि अहिलेसम्म ७ खेलमा ४ जितसहित पाचौ स्थानमा रहेको छ ।

आइपिएल अन्तर्गत आज दुई खेल हुने छन् । आज पहिलो खेल मुम्बई इण्डियनस र राजस्थान रोयल्सबीच हुने छ भने दोस्रो खेल किंग्स इलेभेन पंजाव र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै