• २०८१ बैशाख १३ बिहीबार

नेपाली सेनाले भन्यो-लिबियाबाट शान्ति सैनिक हट्दैन      

kharibot

काठमाडौँ । नेपाली सेनाले अफ्रिकी राष्ट्र लिबियामा तैनाथ नेपाली शान्ति सैनिक त्यहाँबाट हट्न लागेको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “ मिशन हेड क्वार्टर लिबियामा नै रहेको अवस्थामा नेपाली शान्ति सैनिक लिबियाबाट फिर्ता हुन लागेको भनी सम्प्रेषित आधारहीन समाचारबाट दिग्भ्रमित नहुन नेपाली सेना अनुरोध गर्दछ ।”

त्यहाँ तैनाथ मिशन हेड क्वार्टरको सुरक्षाको जिम्मेवारी नेपाली शान्ति सैनिकले गरिरहेको  जानकारी दिँदै सेनाले अन्तरराष्ट्रिय समुदायमा नेपाली शान्ति सैनिकप्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै