• २०८१ बैशाख १२ बुधबार

नेपालद्वारा युएईलाई २४८ रनको लक्ष्य, चौहान र सार्कीको अर्धशतक 

kharibot

काठमाडौँ । यू-१९ विश्वकप छनौट अन्तर्गत आज नेपाली युवा टिमले युएईको सामना गर्दै छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले युएईलाई २४८ रनको लक्ष्य दिएको छ । नेपालले ५० ओभरमा अलआउट हुदै २४७ रन बनाएको हो । नेपालका लागि हरिबहादुर चौहान र भीम सार्कीले अर्धशतक प्रहार गरेका थिए ।

सार्कीले ५३ रन बनाएर आउट भए भने चौहानले अविजित ६७ रन बनाएका थिए । चौहानले ७४ बल खेल्दै ६७ रन बनाउदा ७ चौका प्रहार गरेका छन् ।

त्यस्तै रीत गौतमले ४४ रन बनाएर आउट भएका थिए । त्यसैगरी आसिफ सेखले २७, रोहित पौडेलले १८ रन र पवन सराफले १२ रन बनाएका थिए । नेपालका सन्दीप जोरा ४, कमल सिंह ऐरी २, कुशल मल्ल र रशिद खान १-१ रन बनाएर आउट भएका थिए ।   

युएईका बलर रिषव मुखर्जीले सर्वाधिक ४ विकेट लिएका थिए भने मुह्मुद्धीन फराउद्धीनले ३ विकेट लिए । 

नेपालले प्रतियोगितामा आफ्नो शुक्रबार खेलेको पहिलो खेलमा सिंगापुरविरुद्ध २१७ रनको फराकिलो जित हासिल गरेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा युएईले आयोजक मलेसियालाई ५ विकेटले पराजित गरेको छ । त्यस्तै कुवेतले ओमानलाई ८ विकेटले पराजित गरेको छ ।

आज प्रतियोगिताका तीन खेल भैरहेका छन् । आज नेपालले युएईसँग खेल्ने छ भने कुवेतले सिंगापुर विरुद्ध खेल्ने छ । त्यस्तै आयोजक मलेसियाले ओमानसँग खेल्ने छ ।

यस प्रतियोगिताको विजयी टिम सिधै एशियाबाट सन् २०२० को जनवरी फेब्रुअरीमा दक्षिण अफ्रीकामा हुने यू-१९ विश्वकप क्रिकेटमा छनौट हुने छ ।

प्रतियोगिता अन्तर्गत नेपालले अप्रिल १५ मा तेस्रो खेल आयोजक मलेसियासँग खेल्ने छ भने अप्रिल १६ मा चौथो खेल ओमानसँग खेल्ने छ । छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ ।

मलेसियामा हुने एशिया स्तरको यू-१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ ।

यस खेलमा रोहितकुमार पौडेल (कप्तान), मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल र  हरि बहादुर चौहान खेलेका छन् ।

त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै