• २०८१ बैशाख ७ शुक्रबार

हुएस्काविरुद्ध बार्सिलोनाका मेसीसहित प्रमुख खेलाडी नखेल्ने 

kharibot

काठमाडौँ । बार्सिलोनाले आज राति हुने ला लिगा अन्तर्गतको हेएस्काविरुद्धको खेलका लागि आफ्ना प्रमुख खेलाडीलाई आराम दिएको छ ।

बार्सिलोनाका प्रशिक्षक इर्नेष्टो भालभेर्डोले आउदो मंगलबार म्यानचेस्टर युनाइटेडसँगको च्याम्पियन्स लिगको दोस्रो लिगको खेलका लागि लियोनेल मेसीसहित प्रमुख खेलाडीलाई आराम दिएको बताएका छन् । च्याम्पियन्स लिगको पहिलो लिगमा युनाइटेडलाइ १-० ले पराजित गर्दै बार्सिलोना अगाडी रहेको छ ।

आज राति हुने खेलमा हुएस्काविरुद्ध मेसीसहित सर्जियो बस्क्वेट नखेल्ने भएका छन् । आजको खेलमा इभान राकीटिक ज्वरो आएका कारण बार्सिलोनाको १८ सदस्यीय टिममा परेका छैनन् भने सर्जियो रोबर्टोपनि इन्जुरीका कारण आज खेल्ने छैनन् ।

त्यस्तै बार्सिलोनाका अर्का चर्चित खेलाडी लुइस स्वरेज र जेरार्ड पिके समेत सस्पेन्ड भएका कारण यो खेल्न नखेल्ने भएका छन् ।

ला लिगामा बार्सिलोना ३१ खेलमा ७३ अंकसहित लिगमा शिर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडभन्दा ११ अंकले अगाडी रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै