काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस पराजित भएको छ । शनिबार भएको खेलमा युभेन्टस स्पालसंग २-१ गोल अन्तरले पराजित भएको हो ।
स्पालको जितमा केभिन बोनिफाजी र फ्लोकारीले एक एक गोल गरेका थिए भने युभेन्टसका लागि युवा खेलाडी मोयस कीनले एक गोल गरेका थिए ।
आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना खेलेको युभेन्टसले यस खेलमा जित हासिल गरेर सिरी ए को उपाधि ४ खेल अगाडी नै जित्ने अवसर गुमाएको छ । यो हारसँगै सिरी ए को इतिहासमा सबै भन्दा छिटो लिग उपाधि जित्ने रेकर्ड बनाउनबाट युभेन्टस चुकेको छ ।
युभेन्टसको ३२ खेलमा ८४ अंक रहेको छ भने एक खेल कम खेलेको नापोली ३१ खेलमा ६४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
युभेन्टस अब आगामी मंगलबार च्याम्पियन्स लिग अन्तर्गत एजाक्ससँग क्वाटरफाइनलको दोस्रो लिग खेल्ने छ । पहिलो लिगमा दुवैले १-१ गोल गरेर बराबर रहेका छन् ।