रोनाल्डो बिना युभेन्टस पराजित, इतिहास बनाउनबाट चुक्यो

खरीबोट

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस पराजित भएको छ । शनिबार भएको खेलमा युभेन्टस स्पालसंग २-१ गोल अन्तरले पराजित भएको हो ।

स्पालको जितमा केभिन बोनिफाजी र फ्लोकारीले एक एक गोल गरेका थिए भने युभेन्टसका लागि युवा खेलाडी मोयस कीनले एक गोल गरेका थिए । 

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना खेलेको युभेन्टसले यस खेलमा जित हासिल गरेर सिरी ए को उपाधि ४ खेल अगाडी नै जित्ने अवसर गुमाएको छ । यो हारसँगै सिरी ए को इतिहासमा सबै भन्दा छिटो लिग उपाधि जित्ने रेकर्ड बनाउनबाट युभेन्टस चुकेको छ । 

युभेन्टसको ३२ खेलमा ८४ अंक रहेको छ भने एक खेल कम खेलेको नापोली ३१ खेलमा ६४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

युभेन्टस अब आगामी मंगलबार च्याम्पियन्स लिग अन्तर्गत एजाक्ससँग क्वाटरफाइनलको दोस्रो लिग खेल्ने छ । पहिलो लिगमा दुवैले १-१ गोल गरेर बराबर रहेका छन् ।   

सम्बन्धित समाचार

घरेलु मैदानमा युभेन्टस बराबरीमा रोकियो 

काठमाडौँ । इटालियन सिरी ए को महारथी युभेन्टस सिजनको अन्तिम लिग खेलमा बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस एटलान्टाविरुद्ध १-१ गोलको बराबरीमा रोकिएको हो । एटलान्टाका लागि खेलको ३३औ

रोनाल्डो बने सिरी ए को 'प्लेयर अफ द इयर'

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले यस सिजनको इटालियन सिरी ए को प्लेयर अफ द सिरिजको उपाधि जितेका छन् । यसअघि यस्तै अवार्ड रोनाल्डोले इङल्याण्ड र स्पेनमा पनि जितेका थिए । पहिलो सिजनमै

जलाटन इम्ब्राहिमोविचलाई दुई खेलको प्रतिबन्ध

काठमाडौँ । स्विडेनका फुटबलर जलाटन इम्ब्राहिमोविचलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । मेजर लिग सकर (एमएलएस) लिगमा एलए ग्यालेक्सीबाट खेलिरहेका इम्ब्रहिमोविचलाई न्युयोर्कसिटीविरुद्धको गत शनिबारको खेलमा सिटीका गोलकिपरलाई हानेको आरोपमा उनलाई दुई

प्रशिक्षक अल्लेग्रीले युभेन्टस छोड्ने घोषणा 

काठमाडौँ । इटालियन फुटबलको महारथी टिम युभेन्टसले आफ्ना प्रशिक्षक मासीमिलियानो अल्लेग्रीले यस सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेको छ । युभेन्टसले एक विज्ञप्ति प्रकाशित गर्दै अल्लेग्री अर्को सिजनमा क्लबसँग नहुने घोषणा


z