इन्डोनेसियामा ६.८ म्याग्नीच्यूडको भूकम्प, २० पटक गयो परकम्प

खरीबोट

जकार्ता ।  इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तलाई केन्द्रमा राखेर शुक्रबार अपराह्न गएको ६.८ म्याग्नीच्यूडको भूकम्पपछि कम्तीमा २० वटा परकम्प गएको छ । 

इन्डोनेसियाको जलवायू तथा भौगर्भिक विभागले निकै ठूला परकम्पहरु एकपछि अर्को आएका र त्यसले जनजीवन त्रस्त बनाएको जनाएको छ । तीमध्ये सबैभन्दा ठूलो परकम्प ५.६ म्याग्नीच्यूडको थियो भने सबैभन्दा कमजोर परकम्प ३.४ म्याग्नीच्यूडको रहेको थियो ।

भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी जारी गरिएको थियो । 

सुलावेसी क्षेत्रमै गत सेप्टेम्बरमा गएको शक्तिशाली भूकम्प र सुनामीबाट कम्तीमा चार हजार ३४० जनाको ज्यान गएको थियो । करिब ७.५ म्याग्नीच्यूडको त्यस भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणको कार्य अझै जारी छ । यस भूकम्पबाट खासगरी सुलावेशीका पालु र डोङ्गाला शहर सर्वाधिक प्रभावित थिए ।

सन् २००४ को डिसेम्बरमा सुमात्रा द्वीपलाई केन्द्रविन्दु बनाएर गएको ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट हिन्द महासागरमा विनाशकारी सुनामी गएको थियो । यस सुनामीबाट भारत र श्रीलंका समेतका एक दर्जन मुलुकका दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
 

सम्बन्धित समाचार

भूकम्प आउछ भन्ने अफवाह फैलाएको आरोपमा ज्योतिष पक्राउ

काठमाडौँ — भूकम्प आउँछ भनेर त्रास फैलाउने एक जना ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ । भूकम्प आउछ भन्दै आम जनतामा अफवाह फैलाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले २६ वर्षीय अर्जुन क्षेत्रीलाई

इन्डोनेसियामा ६.० म्यानिच्युडको भूकम्प

इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्यानिच्युडको भूकम्प गएको छ । यहाँको मौसम तथा भू गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन् । यस भूकम्पपछि सुनामीको भने कुनै सुचना

मुगु केन्द्रबिन्दु भएर भूकम्प 

काठमाडौँ । मुगुको जीमा केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विहिबार बिहान १० बजेर एक मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट

पेरूमा ८ म्याग्निच्युडको भूकम्प

लिमा, पेरू । पेरूको उत्तरी क्षेत्रमा ८.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । स्थानीय समय अनुसार आइतबार विहानै आएको भूकम्पका कारण घरभित्र बसीरहेका स्थानीयबीच केही


z