अन्दोलनरत चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगित 

खरीबोट

काठमाडौँ । अन्दोलनरत चिकित्सकले सरकारको आग्रहमा नौ दिनदेखिको आन्दोलन १५ दिनका लागि स्थगित गरेका छन् ।

समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सेवा अवरुद्ध पार्दै आएका चिकित्सकले शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारलाई माग सम्बोधन गर्न १५ दिनको समय दिएका हुन् । 

‘अध्ययन बिदामा रहेका र विशेषज्ञ चिकित्सकलाई पुल दरबन्दीमा राखेर आवश्यकता परेको ठाउँमा खटाउने सहमतिपछि आन्दोलन स्थगित गरेका हौँ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताएका छन् । 

उनका अनुसार आइतबारदेखि मुलुकभरका सरकारी अस्पतालका अवरुद्ध सेवा सुरु हुनेछन् । वार्तामा १५ दिनभित्र मन्त्रिपरिषद्बाट सहमतिका बुँदा पास गर्ने सहमति भएको चिकित्सकले बताएका छन् ।

तोकेको समयमा सहमति पालना भए आन्दोलन फिर्ता हुने र नभए पुनः सेवा अवरुद्ध पार्ने उनीहरूको चेतावनी छ ।  
 

सम्बन्धित समाचार

चिकित्सकलाई बिरामीको प्रश्न : दोहोरो पीडा कहिलेसम्म ?

काठमाडौँ । नेपालको संविधानले मौलिक हकअन्तर्गत राखेको अत्यावश्यक स्वास्थ्य सेवालाई नै असर पर्ने गरी सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका छन् । रोगको पीडामा पिल्सिनु

'तँ डाक्टर भएर सेता कपडा लगाउने भइस्, म विधवा भएर' (कथा)

बिहानै बासिसकेछ भाले । सायद हिजो अलि बढी नै खेलिएछ भलिबल । डाँडामाथी पुगेर घामले अब त उठ् भन्ने भावमा किरण मेरो बिछ्यौनातर्फ फालिरहेको थियो । घडीका सुइले पनि कुर्दै

चिकित्सक आएपछि खुशियाली छायो

गलकोट । कुनै समय एक चिकित्सकको भरमा चलेको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालले अहिले विशेषज्ञसहितको सेवा उपलब्ध गराउँदा जनता खुशी भएका छन् । साविक धौलागिरि अञ्चलकै एकमात्र सुविधा सम्पन्न उक्त अस्पतालमा

डा.केसीको समर्थनमा आन्दोलित डाक्टरहरु पक्राउ

काठमाण्डौ । नेपाल चिकित्सक संघको आव्हानमा स्वास्थ्यकर्मीहरुले शुक्रबार देशभरका आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।  बन्द र प्रर्दशनका क्रममा काठमाण्डौको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालबाट १७ जना स्वास्थ्यकर्मीलाई प्रहरीले


z