• २०८१ बैशाख ७ शुक्रबार

अन्दोलनरत चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगित 

kharibot

काठमाडौँ । अन्दोलनरत चिकित्सकले सरकारको आग्रहमा नौ दिनदेखिको आन्दोलन १५ दिनका लागि स्थगित गरेका छन् ।

समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सेवा अवरुद्ध पार्दै आएका चिकित्सकले शनिबार साँझ स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारलाई माग सम्बोधन गर्न १५ दिनको समय दिएका हुन् । 

‘अध्ययन बिदामा रहेका र विशेषज्ञ चिकित्सकलाई पुल दरबन्दीमा राखेर आवश्यकता परेको ठाउँमा खटाउने सहमतिपछि आन्दोलन स्थगित गरेका हौँ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताएका छन् । 

उनका अनुसार आइतबारदेखि मुलुकभरका सरकारी अस्पतालका अवरुद्ध सेवा सुरु हुनेछन् । वार्तामा १५ दिनभित्र मन्त्रिपरिषद्बाट सहमतिका बुँदा पास गर्ने सहमति भएको चिकित्सकले बताएका छन् ।

तोकेको समयमा सहमति पालना भए आन्दोलन फिर्ता हुने र नभए पुनः सेवा अवरुद्ध पार्ने उनीहरूको चेतावनी छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै