• २०८१ बैशाख ७ शुक्रबार

कंगनालाई आलियाको विनम्र जवाफ, ‘राम्रो काम गर्छु, उनले मन पराउने छिन्’  

kharibot

मुम्बई । बलिवुडका अहिलेका दुई अभिनेत्री कंगना रनावतले अभिनेत्री आलिया भट्टलाई गरेको कमेन्ट अहिले चर्चाको विषय बनेको छ ।

अभिनेत्री कंगनाले बलिवुडमा स्टारका छोराछोरी बारे गर्ने गरेको कमेन्टको पछिल्लो शिकार अभिनेत्री आलिया बनेकी छन् । आलिया भट्ट बारे कंगनाले उनको हालै रिलिज भएको फिल्म गली ब्वायबारे आलियाको बारेमा नकारात्मक टिप्पणी गरेकी थिइन् । कंगनाले गली ब्वायमा आलियाको भूमिकाका लागि सम्झिनुपर्ने केहि नभएको टिप्पणी गर्दै उनको आफुसँग तुलना हुनु शर्मको विषय रहेको बताएकी थिइन् ।

कंगनाले मिडियाले स्टारका छोराछोरीलाई विशेष ध्यान दिने बताउदै यस्तो गर्न बन्द गर्न समेत आग्रह गरीन ।

कंगनाको जवाफमा आलियाले विन्रम जवाफ फर्काएर सबैको मन जितेकी छन् । आलियाले कंगनाको टिप्पणीक बारेमा बोल्दै उनले त्यस्तो भनेको भए त्यसको पछाडी केहि कारण होला भन्दै आफ्नो फिल्म राजीका लागि कंगनाले आफ्नो प्रसंशा गरेको बताइन । आलियाले आफुले आफ्नो काममा ध्यान दिने भन्दै भविष्यमा कंगनाले हुनसक्छ फेरी आफ्नो काम मन पराउने छिन् ।

यसअघि पनि कंगनाले आलियाका बारेमा टिप्पणी गर्दै उनलाई करण जोहरकी कठपुतली भनेकी थिइन् । तर सो को जवाफ पनि आलियाले विनम्रतापुर्वक दिएकी थिइन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै