• २०८१ बैशाख १३ बिहीबार

टी-२० क्रिकेटमा मुम्बई इण्डियन्सको रेकर्ड, विश्वकै धेरै खेल खेल्ने टिम 

kharibot

काठमाडौँ । जारी आइपिएलका आधा खेल सकिएका छन् । अहिलेसम्मका खेलको आधारमा चेन्नई सुपरकिंग्सले ७ खेलमा ६ खेलमा जित हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

यसैबीच आइपिएल टिम मुम्बई इण्डियन्सले टी-२० क्रिकेट खेल्ने नयाँ रेकर्ड बनाएको छ । शनिबार राजस्थान रोयल्ससँग खेलेको खेल पछि मुम्बई इण्डियन्स विश्वमा २०० टी-२० खेल खेल्ने पहिलो टिम बनेको छ । राजस्थानविरुद्ध पराजित भएको मुम्बईले टी-२० खेलमा २ सय खेल खेल्दै यो रेकर्ड बनाएको हो ।

२००८ देखि आइपिएल खेल्न लागेको मुम्बईले आइपिएलका २ सय खेल खेल्दा सम्म तीन पटक आइपिएलको उपाधि जितेको छ । मुम्बईले सन् २०१३, २०१५ र २०१७ मा आइपिएलको उपाधि जितेको थियो ।

मुम्बईपछि धेरै टी-२० खेल खेल्ने टिम इङल्याण्डको समरसेट काउन्टी टिम रहेको छ । समरसेटले १९९ टी-२० खेल खेलेको छ । त्यसैगरी ह्याम्पशायरले १९४ खेल खेलेको छ भने रोयल च्यालेन्जर्स बैंगलोरले १८८ तथा ससेक्स र कोलकोता नाइटराइडर्सले १८७ खेल खेलेको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै