• २०८१ बैशाख ७ शुक्रबार

लुक्लामा विमान दुर्घटना अपडेट : को-पाइलट र एक प्रहरीको मृत्यु 

kharibot

काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

लुक्काबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको  विमान  दुर्घटनामा परेको हो । उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी समीट एयरका को-पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा समीट एयरकै अर्का कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइएको छ । 

समिट एयरमा रहेका ४ जना यात्रुको अवस्था सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौंतर्फ ल्याइएको छ ।

विमानको ठक्करबाट मनाङ एयर र श्री एयर  हेलिकोप्टरमा क्षति पुगेको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै