• २०८१ बैशाख ७ शुक्रबार

आइपिएलमा धोनीपछि विराट कोहलीलाई पनि कारवाही ! 

kharibot

काठमाडौं । जारी आइपिएलमा खेलको नियम पुरा पालना नभएकोमा कारवाहीको सामना गर्ने पछिल्लो कप्तान रोयल च्यालेन्जर्सका कप्तान विराट कोहली रहेका छन् ।

शनिबार सम्पन्न खेलमा किंग इलेभेन पंजावविरुद्धको खेलमा स्लो ओभर रेटका कारण बैंगलोरका कप्तान कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । पंजावविरुद्ध जित हासिल गर्दै कोहलीको टिमले यस सिजनमा खेलेको सातौ खेलमा पहिलो जित हासिल गरेको थियो ।

यस सिजनको आइपिएलमा कारवाहीमा पर्ने विराट चौथो कप्तान हुन् । यस अघि मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा, राजस्थान रोयल्सका कप्तान आजिख्य रहाने र चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनी कारवाहीमा परेका छन् ।

रोहित र आजिख्यलाई स्लो-ओभर रेटका कारण १२ लाख जरिवाना गरिएको थियो भने धोनीलाई एम्पायरको निर्णयमा प्रश्न उठाउदै विवाद गरेपछि खेल फिसको ५० प्रतिशत जरिवाना गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै