• २०८१ बैशाख १३ बिहीबार

लुक्ला विमानस्थलमा दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो 

kharibot

काठमाडौँ । लुक्ला विमानस्थलमा समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दुर्घटनामा एक को-पाइलट सहचालक र विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकको मृत्यु भएको हो ।

दुर्घटनामा परी समीट एयरका को-पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको घटना स्थलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा घाइते लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठको काठमाडौँस्थित ग्रांडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

विमानको ठक्करबाट मनाङ एयर र श्री एयर  हेलिकोप्टरमा क्षति पुगेको छ ।

दुर्घटनामा समीट एयरकै अर्का कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइएको छ । 

समिट एयरमा रहेका ४ जना यात्रुको अवस्था सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा सो विमान गएर जोतिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै