ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियानको शुभारम्भ  

खरीबोट

काठमाडौँ । नयाँ वर्षका अवसरमा आज नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैँक र नेपाल बैँकर्स एशोसिएसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गर्न लागेको हो । सो बीमाको नेपाल सरकारले प्रिमियम तिर्नेछ ।

हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ । हालसम्म बैँक खाता नखोलेका नागरिकका लागि खाता खोल्न लाग्ने रु एक सय दस्तुर सरकारले नै तिर्ने गरी यो अभियान शुभारम्भ भएको हो ।

सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।
 

सम्बन्धित समाचार

प्रभु बैंक लिमिटेडको नयाँ शाखा कार्यालय सञ्चालन 

काठमाडौँ । प्रभु बैंक लिमिटेडले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा. वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ । भक्तपुर जिल्लाका माननीय संघीय सांसद श्री महेश बस्नेतज्यूले समुद्घाटन

राष्ट्र बैंकले सोमबार १० अर्ब ५० करोडको ट्रेजरी बिक्री गर्ने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १० अर्ब ५० करोड रुपैयाँको ट्रेजरी  बिल जारी गर्ने भएको छ । बोलकवोलका माध्यमद्धारा उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागिएको राष्ट्र बैकले जानकारी

टोयोटा र सफ्टबैंकले उबरमा एक अर्ब डलर लगानी गर्ने घोषणा

टोकियो ।  जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छन् ।  टोयोटाले यसअघि नै उबेरमा

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गा अड्डामा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको ढुङ्गा अड्डामामा आफ्नो नयाँ शाखाको औपचारीक शुभारम्भ गरेको छ । उक्त शाखाको समुद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले


z