आगामी बजेटमा बृद्धभत्ता बढ्छ – प्रधानमन्त्री ओली 

खरीबोट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।

ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।

“यो बुढाबुढीको भलो चिताउने सरकार हो ” प्रधानमन्त्री ओलीले भने,“यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।” प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए ।

“पहिला पहिला बुढाबुढीहरु कति बर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो । अब कति बाचिएला र भन्थे ” प्रधानमन्त्री ओलीले भने “यतिबेला बृद्धभत्ता पाउन अब दुई बर्ष बाँकी छ भन्छन् । बृद्धबृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ ।”

प्रधानमन्त्री ओलीले  सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताए । प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने,मागेर खानु नपर्ने बताए । त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य  उपचारमा ठुलो भरथेग गर्ने बताए । “हामी नेपाललाई केही बर्ष भित्रै निरोगी नेपाल,स्वास्थ्य नेपाल बनाउदैछौं ” प्रधानमन्त्री ओलीले भने, “यसका लागि हाम्रो खानपानलाई विषादी रहित बनाउनु पर्दछ । ”

प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य विमा कार्ड वितरण गरेका छन् । यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोलेका छन् । 
 

सम्बन्धित समाचार

काँग्रेसले राजतन्त्र फर्काउने सपना बोकेको देख्दा अचम्म लाग्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको आरोप लगाएका छन् । नेकपाको स्थापना दिवसको अवसरमा

प्रधानमन्त्री ओलीद्वारा श्रीलंकामा भएको बिस्फोटको घटनाप्रति दुःख व्यक्त

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम बिस्फोटनको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज श्रीलंकाका प्रधानमन्त्री महामहिम रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देस पठांउदै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका

प्रधानमन्त्री ओलीद्वारा उजीरसिंह थापाको शालिक अनावरण

बुटवल । झण्डै दुई सय वर्षअघि नेपालले अङ्ग्रेजी फौजलाई वीरतापूर्वक हराएको बुटवलको जितगढी किल्लामा आज राष्ट्रिय झण्डा फहराइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली वीरताको ऐतिहासिक क्षेत्र जितगढी पुगेर राष्ट्रिय

प्रधानमन्त्री ओली आज बुटवल र पूर्वी नवलपरासीका कार्यक्रममा सहभागि हुदै

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने तीनवटा कार्यक्रममा सहभागि हुने भएका छन् ।  प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिका वडा नं १


z