• २०८१ बैशाख ८ शनिबार

रेडक्रसको ७ वटै प्रदेशमा निर्वाचन सम्पन्न : केन्द्रीय सभाको मिति तोकियो

kharibot

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको प्रदेश नं ३ को समितिको निर्वाचन हिजो शनिवार सम्पन्न भएको छ । प्रदेश समितिको नेतृत्वको लागि पहिलो पटक भएको निर्वाचनमा भोलानाथ रुपाखेती अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी भक्तपुरका कृष्ण लागेजु थिए ।

त्यस्तै नुवाकोटका रामजी पौडेल महासचिवमा र कोषाध्यक्षमा सिन्धुपाल्चोकका भरत बस्नेत निर्वाचित भएका थिए । यस अघि प्रदेश सभाको कार्यक्रमको ३ नंवर प्रदेशका मुख्यमन्त्री माननीय डोरमणी पौडेलले समुदघाटन गरेका थिए । 

यो समेत नेरेसोका सवै प्रदेशहरुको निर्वाचन सम्पन्न भएका छन् । तीमध्ये प्रदेश १, प्रदेश २, गण्डकी, ५  र ६ नंवर प्रदेशका कार्यसमिति निर्विरोध चयन भएका हुन् । ३ नंम्बर र सुदुरपश्चिम प्रदेशमा भने निर्वाचनबाट नेतृत्व चयन भएको हो ।  

प्रदेश नं १ को चैत्र २९ गते सम्पन्न निर्वाचनमा धनकुटाका नरेन्द्र पोखरेल प्रदेश समितिको अध्यक्षमा र मोरङका ऋषिकेश कोइराला महासचिवमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै झापाका ओम प्रकाश गौतम कोषाध्यक्ष र झापाकै कृष्ण मैनाली उपमहासचिवमा चयन भएका हुन् ।  

नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश कार्य समितिको चैत्र २६ गते भएको निर्वाचनमा अध्यक्ष पदमा कञ्चनपुरका केशवदत्त पन्त निर्वाचित भएका छन् । उपाध्यक्षमा जीवन राना, महासचिवमा देव बोहरा र कोषाध्यक्षमा हर्कराज शर्मा चयन भए ।

नेपाल रेडक्रसको गण्डकी प्रदेशको समितिमा कास्कीका सूर्य प्रसाद ढकाल अध्यक्ष र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भए । त्यस्तै चैत्र २२ मा महोत्तरीमा सम्पन्न २ नंबर प्रदेशको सभाले पर्साका फूल महमद मिँयाको अध्यक्षतामा प्रदेश कार्यसमितिको निर्वाचन गरेको हो । महासचिवमा सिरहाका चन्द्रेश्वर मण्डल र कोषाध्यक्षमा बाराका दिव्यनाथ श्रेष्ठ निर्वाचित भए । 

चैत्र २० गते ५ नंवर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सुभारभ्भ गरेको लुम्बिनीमा सप्पन्न ५ नं प्रदेशको प्रथम प्रदेश अधिबेशनले अर्घाखाँचीका शम्भु पोख्रेललाई अध्यक्ष, रुपन्देहीका कृष्ण पगेनीलाई  महासचिवमा र कोषाध्यक्षमा बाँकेका राज कुमार बर्मालाइ निर्वाचित गरिको हो । 

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिको अध्यक्षमा दैलेखका भेषबहादुर थापा र महासचिवमा सुर्खेतका कृष्णबहादुर थापा सहित समितिमा १२ जना पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा पदाधिकारीमा उपाध्यक्षमा हुम्लाका विजय बुढा, कोषाध्यक्षमा रुकुमका नरबहादुर नेपाली, उपमहासचिवमा जाजरकोटका बीर बहादुर बस्नेत र उपकोषाध्यक्षमा जुम्लाका नन्दलाल रावत रहेका छन् । 

केन्द्रीय सभाको मिति तोकियो :

नेपाल रेडक्रसको केन्द्रीय सभाको अधिवेशन सुनसरीमा वैशाख २३ देखि २५ सम्म आयोजना हुने गरी मिति तोकिएको छ । यस पटक गत विशेष अधिवेशनबाट पारित विधानको  व्यवस्था अनुसार हरेक पदहरुमा निर्वाचन गरी नेतृत्व केन्द्रीय चयन हुनेछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै