• २०८१ बैशाख ७ शुक्रबार

दिल्लीले हैदरावादविरुद्ध पहिला ब्याटिंग गर्दै, सन्दीप टिममा परेनन् 

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत अहिले दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादको सामना गर्दै छ ।

हैदरावादको घरेलु मैदानमा हुने यो खेल नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आजपनि दिल्लीको प्लेइङ एघारमा परेका छैनन् । यस अघिको खेलमा पनि सन्दीप टिममा थिएनन् ।

हैदरावादविरुद्ध दिल्लीले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ । सनराइजर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।     

यस सिजनमा दिल्ली ७ खेलमा ४ खेलमा हार र ३ जितका साथ अंक तालिकामा चौथो स्थानमा छ भने हैदरावाद भने ६ खेलमा ३ मा जित र ३ मा हारका साथ अंक तालिकामा छैठौ स्थानमा रहेको छ । 

दिल्लीको प्लेइङ ११ : श्रेयस अयर (कप्तान), शिखर धवन, पृथ्वी शा, कोलिन मुन्रो, रिसभ पन्त,  कीमो पाउल,  अक्सर पटेल, इशान्त शर्मा, क्रिस मोरिस, कागीसो राबडा र अमित मिश्र ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै