रैना र जडेजाले चेन्नईलाई जिताए 

खरीबोट

काठमाडौं । आइपिएल अन्तर्गत चेन्नई सुपरकिंग्सले कोलकोता नाइटराइडर्सलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा चेन्नईले कोलकोतालाई ५ विकेटले पराजित गरेको हो ।

कोलकोताले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नईले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

चेन्नईका लागि सुरेश रैनाले अविजित ५८ रन बनाए भने रविन्द्र जडेजाले अविजित ३१ रन बनाएका थिए । त्यस्तै एफडु प्लेसिसले २४, केदार जादवले २० तथा महेन्द्र सिंह धोनीले १६ रन बनाएका थिए ।

त्यस्तै कोलकोताका बलर पियुष चावला र सुनिल नारनले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै १६१ रन बनाएको थियो । 

कोलकोताका लागि क्रिस लीनले ८२ रन बनाएका थिए । त्यस्तै सुनिल नारनले २१, दिनेश कार्तिकले १८, शुभम गीलले १५ र आन्द्रे रसेलले १० रन बनाएका थिए । चेन्नईका बलर इमरान ताहिरले ४ विकेट लिए भने श्रदुल ठाकुरले २ तथा मार्कोस स्टनरले एक विकेट लिए ।

प्रतियोगितामा चेन्नईले ८ खेलमा ७ खेलमा जित हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने कोलकोताले ८ खेलमा ४ खेलमा जित हासिल गरेको छ भने ४ खेलमा पराजित भएको छ ।
 

सम्बन्धित समाचार

आइपिएलका यी खेलाडी जसले टिमलाई जिताए र डुबाए ! 

काठमाडौँ । डेढ महिना लामो आइपिएल सकिएको छ । मुम्बई इण्डियन्सले रोमान्चक खेलमा चेन्नईमाथि एक रनको जित हासिल गर्दै चौथो पटक आइपिएलको उपाधि जित्यो । यस रिपोर्टमा आइपिएल फेन्चाईजले किनेका खेलाडीको

आइपिएलमा कसले कुन अवार्ड र कति रकम जिते ?

काठमाडौँ । आइपिएलको यस सिजन सकिएको छ । मुम्बई इण्डियन्सले चेन्नई सुपरकिंग्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गर्दै चौथो पटक आइपिएल उपाधि जितेको छ । यस आइपिएलमा जित हासिल गर्दै मुम्बईले

आइपिएलको उपाधि मुम्बई इण्डियन्सले जित्यो 

काठमाडौँ । इण्डियन्स प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा मुम्बईले चेन्नईलाई एक रनले पराजित गर्दै चौथो पटक आइपिएलको उपाधि जितेको छ । मुम्बईले

आइपिएल फाइनल : मुम्बईले चेन्नईलाई दियो १५० रनको लक्ष्य 

काठमाडौँ । आइपिएल अन्तर्गत फाइनल खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपरकिंग्सलाई १५० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बनाएको हो


z