काठमाडौं । आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई १५६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउदै १५५ रन बनाएको हो ।
दिल्लीका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ४५ रन बनाए भने कोलिन मुर्नोले ४० रन बनाए । त्यस्तौ रिषव पन्तले २३ रन बनाए भने अक्सर पटेलले १४ रन बनाए ।
त्यस्तै पृथ्वी शाले ४, शिखर धवनले ७, क्रिस मोरिसले ४, रबाड़ाले २ र कीमो पाउलले ७ रन बनाएका थिए ।
सनराइजर्स हैदरावादका बलर खलिल अहमदले सर्वाधिक ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिए । त्यस्तै अभिषेक शर्मा र राशिद खानले एक एक विकेट लिए ।
प्रतियोगितामा अहिलेसम्म खेलेका ७ खेलमा दिल्लीले ४ खेलमा जित हासिल गर्दै चौथो स्थानमा छ भने सनराइजर्स हैदरावादले ६ खेलमा ३ जित र ३ हारसहित छैठौ स्थानमा रहेको छ ।