• २०८१ बैशाख ७ शुक्रबार

सनराइजर्समाथि दिल्लीको सनसनीपूर्ण जित

kharibot

काठमाडौं । आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा दिल्लीले दिएको १५६ रनको लक्ष्य पछाएको सनराइजर्स हैदरावाद १८.५ ओभरमा ११६ रनमा अलआउट भएपछि दिल्ली ३९ रनले विजयी हुदै सनसनीपूर्ण जित हासिल गरेको छ ।

हैदरावादले आफ्ना अन्तिम ८ विकेट केबल १५ रन बनाउदा हुमाएको थियो । पहिलो विकेटका लागि ७२ रन बनाएको हैदरावादले दोस्रो विकेट ७८ रनमा गुमाएको थियो भने तेस्रो विकेट १०१ रनमा गुमाएको थियो । त्यसपछि थप १५ रन बनाउदा बाँकी सबै विकेट गुमाएको थियो ।

हैदरावादका लागि डेभिड वार्नरले ५१ रन बनाए भने जोनी बैरस्ट्रवले ४१ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

हैदरावादको ब्याटिंग ध्वस्त गर्ने क्रममा दिल्लीका बलर कागीसो रबाडाले सर्वाधिक ४ विकेट लिए । रबाड़ाले ३.५ ओभर बलिङ गर्दै २२ रन दिएर ४ विकेट लिए । त्यस्तै क्रिस मोरिस र कीमो पाउलले ३-३ विकेट लिएका थिए । मोरिसले ३ ओभरमा २२ रन दिएर ३ विकेट लिए भने पाउलले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउदै १५५ रन बनाएको हो । 

दिल्लीका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ४५ रन बनाए भने कोलिन मुर्नोले ४० रन बनाए । त्यस्तौ रिषव पन्तले २३ रन बनाए भने अक्सर पटेलले १४ रन बनाए ।
त्यस्तै पृथ्वी शाले ४, शिखर धवनले ७, क्रिस मोरिसले ४, रबाड़ाले २ र कीमो पाउलले ७ रन बनाएका थिए ।

सनराइजर्स हैदरावादका बलर खलिल अहमदले सर्वाधिक ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिए । त्यस्तै अभिषेक शर्मा र राशिद खानले एक एक विकेट लिए ।

प्रतियोगितामा अहिलेसम्म खेलेका ८ खेलमा दिल्लीले ५ खेलमा जित हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ भने सनराइजर्स हैदरावादले ७ खेलमा ३ जित र ४ हारसहित छैठौ स्थानमा रहेको छ ।

आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै