• २०८१ बैशाख ६ बिहीबार

रोचक बन्दै प्रिमियर लिग लिभरपुल र सिटी दुवै विजयी 

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो माने र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

पहिलो हाफ बिना कुनै गोलमा सकिएको खेलमा मानेले खेलको ५१औ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै सलाहले डी-बक्स बाहिरबाट सुन्दर प्रहार गर्दै लिभरपुलका लागि दोस्रो गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल लिभरपुलले २-० ले जितेको थियो ।

यो जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा कायम रहेको छ । लिभरपुल ३४ खेलमा ८५ अंकसहित शिर्ष स्थानमा रहेको छ भने चेल्सी यस हारपछि अब चौथो स्थान गुमाउने सम्भावना रहेको छ । म्यानचेस्टर युनाइटेड भन्दा एक खेल बढी खेलेको चेल्सी ३४ खेलमा ६६ अंक रहेको छ भने ३३ खेल खेलेको युनाइटेडको ६४ अंक रहेको छ । 

सिटीको जितमा स्टरलिङको दुई गोल 

त्यसै गएराती सम्पन्न इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टरलिङले २ गोल गरे भने गार्बियल जिससले एक गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसका लागि लुका मिलुभोजेभिकले एक गोल गरेका थिए ।

सिटीका लागि खेलको १५औ मिनेट र ६३औ मिनेटमा स्टरलिङले गोल गरेका थिए भने क्रिस्टल प्यालेसका लागि खेलको ८१औ मिनेटमा लुकाले गोल फर्काएका थिए । त्यस्तै सिटीका लागि खेलको ९०औ मिनेटमा जिससले गोल गर्दै सिटीलाई ३-१ गोल अन्तरले जिताएका थिए ।

सिटीको ३३ खेलमा ८३ अंक भएको छ भने लिगको दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै