जनशक्ति अभावले छ महीनादेखि बन्द अस्पताल सञ्चालन

खरीबोट

दमौली । जनशक्ति अभावले छ महीनादेखि बन्द रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलबारी शहीद अस्पताल सञ्चालनमा आएको छ । गत असोजदेखि बन्द अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृतसहित तीन जना कर्मचारी नियुक्त गरेपछि आइतबारबाट अस्पताल सञ्चालनमा आएको हो । 

समुदायबाट सञ्चालित फूलबारी सामुदायिक अस्पताल गत भदौ ३१ गते ढोरफिर्दी स्वास्थ्य चौकीमा समायोजन भएसँगै अस्पताल बन्द भएको थियो । अस्पतालको सेवा शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरवासीलाई गुणस्तरीय सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले बन्द अस्पतालमा सरकारको तर्फबाट दरवन्दी सिर्जना नभएपछि आन्तरिक स्रोतबाट नै तलब खुवाउने गरी अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले नगरको आन्तरिक स्रोतबाट एक मेडिकल अधिकृत, एक स्टाफ नर्स र एक ल्याव असिस्टेन्ट नियुक्त गरिएको बताए । उनका अनुसार अस्पतालमा १५ शैय्यामा सञ्चालनमा छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं ११ का वडाध्यक्ष दलबहादुर थापाले लामो समयदेखि अस्पताल बन्द हुँदा सर्वसाधारणलाई समस्या भएकोले नगरपालिकाको तर्फबाट दरवन्दी सिर्जना गरी अस्पतालमा सञ्चालनमा ल्याइएको बताए । उनले भने, “अझै पनि दरबन्दी अभाव नै छ तर केही कर्मचारी नियुक्त गरेर भएपनि सेवा शुभारम्भ गरेका हौं ।” 

छ महीनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीय स्वास्थ्य उपचारबाट वञ्चित भएका थिए । सोही वडाका स्थानीयवासी भिमबहादुर थापाले अस्पताल सञ्चालन भएसँगै उपचारका लागि अन्यत्र धाउनु नपर्ने भएकोले सहज हुने बताउनुभयो । अस्पतालबाट तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन् ।

जर्मनी स्वंयमसेवी संस्था इभी कासेलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो । विसं २०५५ फागुनमा कासेलको सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रुपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित थियो ।
 

सम्बन्धित समाचार

तनहुँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ । बसको ठक्करबाट आज तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दिप कँुवर रहेका छन् ।  बसको ठक्करबाट गम्भीर घाइते कुवँरको

तनहुँको भिमादमा सेनाद्वारा बम निष्क्रिय

दमौली /  तनहुँको भिमाद नगरपालिका परिसरमा आज बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ । अज्ञात समूहले कुकरमा प्लाष्टिक बेरेर राखेको बम खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको हो । इलाका

तनहुँमा ट्रकको ठक्करले एक युवतीको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा आज भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले

कमल थापालाई जन्मथलो तनहुँको थर्पुमा स्वागत  

तनहुँ । राप्रपाले संचालन गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं उपत्यका प्रवेश गर्नेछ । पोखराबाट शुरुभएको तनहुँको थर्पु आईपुग्दा स्थानीयबासी जनताद्वारा यात्राको नेतृत्व गरिरहेका राप्रपा अध्यक्ष कमल थापा लगायत


z