सुडानी सैन्य परिषद्का कार्यवाहक अध्यक्ष र अमेरिकी प्रतिनिधिबीच छलफल 

खरीबोट

खार्तुम । तत्कालीन राष्ट्रपतिलाई पदच्यूत गरी सत्ता हातमा लिएका सुडानको अन्तरिम सैन्य परिषद्का कार्यवाहक अध्यक्ष र अमेरिकी प्रतिनिधिबीच छलफल भएको छ । 

सैन्य परिषद्का कार्यवाहक अध्यक्ष मोहमद हम्दान डाक्लुले आइतबार खार्तुमका लागि अमेरिकी प्रतिनिधि स्टेभन कौट्सीससँग राजधानी खार्तुममै भेटगरेका छन् । 

उनीहरूबीच सुडानमा उत्पन्न राजनीतिक सङ्कट, चर्कँदै गएको नागरिक आन्दोलन र अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।

“अन्तरिम सैन्य परिषद्का कार्यवाहक अध्यक्षले अमेरिकी कूटनीतिज्ञहरूसँग विकसित पछिल्लो देशको अवस्थाका बारेमा छलफल गरेका छन् । कार्यवाहक अध्यक्षले अन्तरिम सैन्य परिषद् गठन गर्नु पर्नाको कारण र भाबी योजनाका बारेमा पनि अमेरिकी प्रतिनिधिहरूलाई जानकारी गराएका छन्,” राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।   

उनले देशलाई स्थायीत्वमा लैजान र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनका लागि आफूहरूले अन्तरिम सैन्य परिषद् गठन गर्नुपरेको पनि जानकारी दिएका थिए । 

भेटका क्रममा अमेरिकी प्रतिनिधि कौट्सीसले सुडानी सैनिकले चालेको पछिल्लो कदम स्वागतयोग्य भएको भन्दै अमेरिकासँगको दुईपक्षीय सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएको वक्तव्यमा जनाइएको छ । 

सुडानमा ३० वर्षदेखि शासन गर्नुभएका तत्कालीन राष्ट्रपति ओमार अल बशिरलाई हटाएर सैन्य परिषद् गठन गरिएपछि नागरिक सरकार गठनको माग गर्दै प्रदर्शनहरू भइरहेका छन् ।

सुडानको विपक्षी गठबन्धनले अन्तरिम सैन्य परिषद्लाई अन्तरिम नागरिक सरकारमा रूपान्तरण गर्न माग गरेको छ ।

त्यसअघि ओमारलाई हटाउन माग गर्दै सैन्य मुख्यालय अगाडि लामो समयदेखि प्रदर्शन भइरहेको थियो । 

सन् १९८९ कु गरेर शासन गर्दै आउनु भएका ओमारलाई विगत चार महिनादेखि भएको रक्तपातपूर्ण आन्दोलनपछि सैन्य उच्चअधिकारीहरूले पदमुक्त गरिदिएका हुन् ।

सैन्य उच्च अधिकारीहरूले सैन्य परिषद् दुई वर्षका लागि परिषद् गठन गरिएको र त्यसपछि लोकतान्त्रिक प्रक्रियामार्फत नागरिक सरकार बनाइ सत्ता हस्तान्तरण गर्ने दाबी गरेका छन् ।

सम्बन्धित समाचार

सुडान सङ्कट : सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु

खार्तुम । सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको छ । परिषदले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको

सुडान संकट : सेनाको गोली लागि ३० भन्दा बढीको मृत्यु

खार्तुम । सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको

दक्षिण सुडानद्वारा कार्यक्षेत्रमा अनुपस्थित भएको आरोपमा ४० कूटनीतिज्ञलाई बर्खास्त

जुबा । दक्षिण सुडानले बिहीबार विदेश मन्त्रालयसँग अनुमति नलिइकन खटाइएको क्षेत्रमा अनुपस्थित रहेका ४० कूटनीतिज्ञलाई पदबाट हटाएको जनाएको छ । सम्बन्धित मन्त्रालयलाई जानकारी नगराइकन गैरकानूनीरूपमा दक्षिण सुडानमा काम गर्दै आएका उनीहरूको

सुडानमा नागरिक–सैन्य संयुक्त सरकार बनाउने बारेमा छलफल

खार्तुम । सुडानमा आन्दोलनकारी तर्फ र सैन्य शासक तर्फबाट संयुक्त रुपमा गठन गरिएको एक समितिले सोमबार प्रारम्भिक छलफल गरेको छ ।  वर्तमान सैनिक सरकारलाई विस्थापित गरी नागरिक–सैन्य संयुक्त परिषद् बनाउने बारेमा


z