• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा सिरुवा पर्वको शुभकामना

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेपालको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीहरुले मनाउने सिरुवा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने त्यस समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताउँदै सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गरेका छन् ।

“नेपाल बहुभाषिक, बहुजातीय, बहुसाँस्कृतिक देश हो । यस देशमाबसोबास गर्ने विविध जातीहरुले मनाउने विविध प्रकारका चाडपर्वहरुले आपसमा सदभावको सन्देश प्रवाह गरेका छन् ।

अहिले मानिसहरु एक समुदायको चाड पर्वमा अर्को समुदायपनि सहभागी भएर आत्मियता र एकतादर्शाउने गरेका छन्,” शुभकामना सन्देशमा भनिएको छ, “त्यसकारण नेपालीहरुलाई विविधता भित्र एकतमा बाँध्ने एउटा महत्वपूर्ण सुत्र यस्तै चाडपर्वहरु पनि हुन् । हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउनु पर्दछ ।”

नयाँ वर्षको रुपमामनाइने सिरुवापर्व तीनदिन सम्म मनाउने चलन छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर कादो सिरुवा मनाउने गरिन्छ । तेस्रो दिनआपसमा  रंग दलेर रंग सिरुवा मनाउने गरिन्छ । यी तीन दिनमध्ये दोस्रो अर्थात कादो सिरुवा लोकप्रिय मानिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै