• २०८१ बैशाख ८ शनिबार

विश्वकप क्रिकेटका लागि अस्ट्रेलिया टिम घोषणा, वार्नर र स्मिथको पुनरागमन 

kharibot

काठमाडौं । अस्ट्रेलियाले आगामी ३० मे देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

सोमबार घोषणा गरिएको टिममा एक बर्षे प्रतिबन्ध सकिएका पुर्व कप्तान स्टिभ स्मिथ र डेभिड वार्नरलाई समावेश गरिएको छ । हाल आइपिएल खेलिरहेका स्मिथ र वार्नर गत मार्चमा दक्षिण अफ्रीकाविरुद्धको टेस्ट क्रिकेटमा बल बिगारेको आरोपमा एक बर्षको प्रतिबन्धमा परेका थिए ।

क्रिकेट अस्ट्रेलियाले एरोन फिन्चको कप्तानीमा विश्वकपका लागि १५ सदस्यीय खेलाडी सार्वजनिक गरेको हो ।

अस्ट्रेलियन टिममा एरोन फिन्च (कप्तान), उसमान ख्वाजा, डेभिड वार्नर, स्टिभ स्मिथ, शन मार्श, ग्लेन म्याक्स वेल, मार्कस स्टोइनिस, एलेक्स करेय, पाट कमिन्स, मिचेल स्टार्क, झय रिचार्ड्सन, नाथन कल्टर निल, जासन बेहरेनड्रोफ, नाथन लियोन र एडम जाम्पा रहेका छन् ।

अस्ट्रेलियाले विश्वकपको पहिलो खेल अफगानिस्तानसँग जुन १ मा खेल्ने छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै