• २०८१ बैशाख ४ मंगलबार

आफु यौन उत्पीडनमा परेको प्रियंकाको खुलासा 

kharibot

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले आफुलाई यौन शोषण भएको खुलासा गरेकी छन् ।

बलिवुडबाट हलिवुडमा जमेकी अभिनेत्री प्रियंका अमेरिकाको न्यूयोर्कमा १०औ महिला सम्मेलनमा बोल्दै यस्तो खुलासा गरेकी हुन् । सो कार्यक्रममा बोल्दै प्रियंकाले आफुले पनि यौन उत्पीडनको सामना गर्नुपरेको बताएकी हुन् ।

उनले भनिन्, ‘यस्तो लाग्छ की महिलाहरुसँग यौन उत्पीडन शब्द जोडिएर आउछ, अब एकअर्कालाई सपोर्ट गरेका कारण अब हामीलाई कसैले चुप गराउन सक्दैन । यस्तो देखेर निकै हिम्मत आउछ ।’

उनले अगाडी भनिन्, ‘यस कोठमामा शायद एक न एक पटक सबैले यसको सामना गरेको हुनुपर्छ । हामिसँग एक आवाज थियो । तर कसैले हाम्रो सुनेन् । अब अहिले सबैले साथ दिएकाले हामि एक्लै छैनौ र मलाई यो कुरा बताउन मलाई कुनै शर्म छैन ।

#MeTOO अभियान अन्तर्गत विश्वभर यौन शोषणका घटनाहरु बाहिर आएका थिए र अहिलेपनि आइरहेका छन् । बलिवुडमा यसअघि नाना पाटेकर, साजिद खान, आलोकनाथ, विकास बहलजस्ता अभिनेता र निर्देशकलाई यौन शोषणको आरोप लागेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै