• २०८१ बैशाख ८ शनिबार

यू-१९ विश्वकप छनौट : नेपाल आज आयोजक मलेसियासँग खेल्दै 

kharibot

काठमाडौँ । यू-१९ विश्वकप छनौट अन्तर्गत आज नेपाली युवा टिमले आयोजक मलेसियाको सामना गर्दै छ । 

आजको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

नेपालले यसअघि सिंगापुरलाई पराजित गरेको थियो भने युएईसँग बर्षाले प्रभावित खेलमा एक रनले हार बेहोरेको थियो ।  

आज प्रतियोगिताका तीन खेल हुने छन् । आज नेपालले मलेसियासँग खेल्ने छ भने ओमानले सिंगापुरविरुद्ध खेल्ने छ । त्यस्तै कुवेतले युएईसँग खेल्दै छ ।

यस प्रतियोगिताको विजयी टिम सिधै एशियाबाट सन् २०२० को जनवरी फेब्रुअरीमा दक्षिण अफ्रीकामा हुने यू-१९ विश्वकप क्रिकेटमा छनौट हुने छ ।

प्रतियोगिता अन्तर्गत नेपालले अप्रिल १६ मा चौथो खेल ओमानसँग खेल्ने छ । छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ ।

मलेसियामा हुने एशिया स्तरको यू-१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ ।

यू-१९ टिममा रोहितकुमार पौडेल (कप्तान) , मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् ।

त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् ।      
  
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै