काठमाडौँ । यू-१९ विश्वकप छनौट अन्तर्गत आज नेपाली युवा टिमले आयोजक मलेसियाको सामना गरिरहेको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ ।
मलेसियाको पुरा टिम ३३.५ ओभरमा ९२ रनमा समेटिएको छ । लेजाट डेनियल फिक्रीले वाधिक ३७ रन बनाए भने मुहमद आमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।
मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।
मलेसियालाई सास्तैमा समेट्ने क्रममा नेपाली बलरले उत्कृष्ट बलिङ गरेका थिए । नेपाली बलरकुशल मल्ल र पवन सराफले ३-३ विकेट लिएका थिए । त्यस्तै कमलसिंह ऐरीले २ विकेट लिए भने सागर ढकालले एक विएक्त लिएका थिए ।
नेपालले यसअघि सिंगापुरलाई पराजित गरेको थियो भने युएईसँग बर्षाले प्रभावित खेलमा एक रनले हार बेहोरेको थियो ।
आज प्रतियोगिताका तीन खेल हुने छन् । आज नेपालले मलेसियासँग खेल्ने छ भने ओमानले सिंगापुरविरुद्ध खेल्ने छ । त्यस्तै कुवेतले युएईसँग खेल्दै छ ।
यस प्रतियोगिताको विजयी टिम सिधै एशियाबाट सन् २०२० को जनवरी फेब्रुअरीमा दक्षिण अफ्रीकामा हुने यू-१९ विश्वकप क्रिकेटमा छनौट हुने छ ।
प्रतियोगिता अन्तर्गत नेपालले अप्रिल १६ मा चौथो खेल ओमानसँग खेल्ने छ । छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ ।
मलेसियामा हुने एशिया स्तरको यू-१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ ।
यू-१९ टिममा रोहितकुमार पौडेल (कप्तान) , मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् ।
त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् ।