• २०८१ बैशाख ७ शुक्रबार

मलेसियामाथि नेपालको ८ विकेटको जित

kharibot

काठमाडौँ । यू-१९ विश्वकप छनौट अन्तर्गत आज नेपाली युवा टिमले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियाले दिएको ९३ रन पछाएको नेपालले १३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरको हो । 

नेपालका लागि रीत गौतमले अविजित ३९ रन बनाए भने आसिफ सेखले २६ रन बनाए ।  त्यस्तै पवन सराफले १९ तथा कप्तान रोहित पौडेलले अविजित ६ रन बनाए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको थियो । 

मलेसियाको पुरा टिम ३३.२ ओभरमा ९२ रनमा समेटिएको छ । लेजाट डेनियल फिक्रीले वाधिक ३७ रन बनाए भने मुहमद आमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।

मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

मलेसियालाई सास्तैमा समेट्ने क्रममा नेपाली बलरले उत्कृष्ट बलिङ गरेका थिए । नेपाली बलरकुशल मल्ल र पवन सराफले ३-३ विकेट लिएका थिए । त्यस्तै कमलसिंह ऐरीले २ विकेट लिए भने सागर ढकालले एक विकेट लिएका थिए ।   

नेपालले प्रतियोगितामा खेलेका ३ खेलमा २ मा जित र एकमा हार बेहोरेको छ ।

प्रतियोगिता अन्तर्गत नेपालले अप्रिल १६ मा चौथो खेल ओमानसँग खेल्ने छ । छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ ।

यस प्रतियोगिताको विजयी टिम सिधै एशियाबाट सन् २०२० को जनवरी फेब्रुअरीमा दक्षिण अफ्रीकामा हुने यू-१९ विश्वकप क्रिकेटमा छनौट हुने छ ।

मलेसियामा हुने एशिया स्तरको यू-१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ ।

यू-१९ टिममा रोहितकुमार पौडेल (कप्तान) , मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, रसिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि बहादुर चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् ।

त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै