• २०८१ बैशाख ८ शनिबार

विश्वभर भाइरल हुँदै छ यौनको सुस्त विधि ‘करेज्जा’

kharibot

काठमाडौं । पछिल्ला केही वर्षमा यौनका विषयमा समाज निकै उदार देखिन थालेको छ । यससँगै नयाँनयाँ आसन तथा विधिको खोजी भइरहेको छ जसले यौनआनन्दलाई बढाउनुका साथै यौनसम्बन्धी विभिन्न समस्यालाई पनि कम गर्दछ । यौनसम्बन्धी विभिन्न मुद्रा, आसन, विधिको बारेमा त अधिकांश जोडीलाई थाहा छ । तर, पछिल्ला केही वर्षमा यौनका नयाँ तरिकाले प्रसिद्धि पाइरहेका छन् ।

यस्तैमा हाल करेज्जा नामक विधि निकै प्रचलनमा आइरहेको छ । यो धीमा गतिमा अपनाइने विधि भएकाले यसमा तीव्र उत्तेजना भने हुँदैन । तथापि, यसले दुई गुणा बढी रोमाञ्च र आनन्द प्रदान गर्नुका साथै शरीरलाई तनावमुक्त बनाउँछ ।

सेक्स थेरापिस्टहरुले पनि हाल यो विधिको बारेमा निकै चर्चा गरिरहेका छन् । यसले यौन जीवनलाई पुनः ताजा, नवीन र रोमाञ्चक बनाउने थेरापिस्टहरुको धारणा छ ।

करेज्जा निकै सुस्त तथा आनन्ददायक यौन विधि हो । यसको मुख्य उद्देश्य उत्तेजनामा आउनु नभई पार्टनरलाई शान्त अवस्थामा पुर्याउनु हो ।

यो विधि अपनाउँदा दुवै जोडीले एकअर्कालाई शान्त र आनन्दित बनाउने कोसिस गर्छन् ।

करेज्जाको अर्थ प्रेमपूर्ण स्पर्श हो । यो यौनको एक तरिका हो जसमा स्पर्श, सम्बन्ध र कल्पनालाई विशेष महत्त्व दिइन्छ ।

यो तरिका अपनाउँदा पार्टनरको उत्तेजनालाई मन्द बनाउने कोसिस गरिन्छ ।

यस विधिको खोजी सन् १८४४ मा हम्फ्री नोइस नामक एक व्यक्तिले गरेका हुन् । ‘द करेज्जा मेथड’ नामक पुस्तकमा पनि यसबारे उल्लेख गरिएको छ । यो पुस्तकका लेखक यौन विचारक तथा सिद्धान्तवादी जे विलियम लोयड हुन् । हम्फ्रीले यो विधिको खोज आफ्नो वैवाहिक जीवनमा नवीन परीक्षण र अभ्यासको रूपमा गरेका थिए ।

करेज्जाको आसन र विधि

‘द करेज्जा मेथड’ नामक पुस्तकमा लोयडले भनेका छन्, ‘यो विधिलाई अपनाउँदा प्रारम्भमा आफ्ना संगी अथवा पार्टनरसँग मीठा कुरा गर्दै विधिको सुरुवात गर्नुपर्छ । त्यसपछि बिस्तारै यौन सम्पर्क सुरु गर्नुपर्छ । यो विधिमा पेनिट्रेसन निकै धीमा गतिमा हुनुपर्छ । जसले उत्तेजनाको अवस्थामा नपुर्याओस् ।

यो विधि अपनाउँदा यौनसम्बन्धी निकै रोमाञ्चक अनुभूति हुनुका साथै पार्टनरसँग सम्बन्ध पनि निकै बलियो हुने बताइन्छ । करेज्जा विधिको लागि धेरै आसन अपनाउन सकिन्छ । जस्तै, एकअर्काको छेउमा बसेर अथवा एकअर्कामाथि सुतेर यो विधि अपनाउन सकिन्छ ।

यो विधि निकै फाइदाजनक छ । यसमा चुम्बन, आलिंगन, एकअर्कालाई सहारा दिनु, एकअर्कालाई सुम्सुम्याउनु आदि क्रिया समावेश हुन्छन् । यी सबै क्रियाकलापको कारण शरीरमा अक्सिटोसिन हार्मोनको मात्रा बढ्छ । यसबाहेक यो विधिले यौन र स्वास्थ्यसम्बन्धी धेरै समस्याबाट छुटकारा दिलाउँछ । यसले पाठेघर र योनिको पीडा, महिनावारीको समस्या आदि कम गर्न यसले सहयोग गर्दछ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै