• २०८१ बैशाख ८ शनिबार

नयाँ वर्षको सुरुवातसँगै मुक्तिनाथ विकास बैंकको आकर्षक योजना

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तिन नयाँ आकर्षक योजना ल्याएको छ ।

बैंकले भिसा डेविट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । भिसा डेविट कार्डअन्तर्गत बैंकले आफ्नो शाखावाट इन्स्टेन्ट भिसा डेबिट कार्ड सेवा सुविधा सुरु गरेको छ, यस सुविधाअन्तर्गत ग्राहकले भिसा डेबिट कार्डको निवेदन फाराम बुझाएको दिन मै ग्राहकहरुले तुरुन्त भिसा डेबिट कार्ड लिन पाउने छन् ।

त्यसैगरी मुक्तिनाथ भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटीएमबाट विना कुनै अतिरीक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ ।

साथै मुक्तिनाथ स्मार्ट बैंकिङ्ग एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १०% तथा एनसेलमा रिचार्ज गर्दा ५% सम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ । 

हाल बैंकले ११४ वटा शाखातथा २२ वटा ए.टि.ए.मबाट करिब छ लाखग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै