• २०८१ बैशाख ४ मंगलबार

नेटफ्लिक्सले भारतीय निर्देशकसँगको सहकार्यमा १० नयाँ ओरिजिनल चलचित्र ल्याउँदै

kharibot

भिडियो स्ट्रिमिंग कम्पनी नेटफ्लिक्सले बलिउडका विभिन्न हस्तीहरूसँग मिलेर १० नयाँ ओरिजिनल चलचित्र ल्याउने घोषणा गरेको छ ।

नेटफ्लिक्सले घोषणा गरेका चलचित्रलाई बलिउडका ठूला निर्देशकहरू करण जोहर, अनुराग कश्यप, जोया अख्तर, दिवाकर बेनर्जी लगायतले निर्देशन गर्नेछन् । त्यसैगरी शाहरूख खानको रेड चिल्लीज कम्पनीले पनि नेटफ्लिक्ससँगको सहकार्यमा एक चलचित्र निर्माण गर्ने छ ।

यसअघि ‘बम्बई टाकीज’ र ‘लस्ट स्टोरीज’ चलचित्रमा सँगै काम गरेका करण जोहर, अनुराग कश्यप, जोया अख्तर र दिवाकर बेनर्जीले नेटफ्लिक्सका लागि अर्को चलचित्रहरूको सङ्ग्रह ‘घोस्ट स्टोरीज’ को निर्देशन गर्नेछन् । यस चलचित्र सङ्ग्रहमा यी निर्देशकहरूले एउटा-एउटा हरर विधाका कथाहरू बनाउनेछन् ।

यी चारै निर्शेकले यसअघि सहकार्य गरेको ‘लस्ट स्टोरीज’ पनि नेटफ्लिक्स कै लागि बनाइएको थियो । यस बाहेक नेटफ्लिक्सका लागि करण जोहरको कम्पनी ‘धर्मा प्रोडक्सन्स’ ले ‘गिल्टी’ नामको चलचित्र पनि निर्माण गर्नेछ । त्यसैगरी दिवाकर बेनर्जीले पनि नेटफ्लिक्सका लागि अर्को छुट्टै चलचित्र ‘फ्रिडम’ पनि बनाउने छन् ।

यसका साथै नेटफ्लिक्सले घोषणा गरेका अन्य चलचित्रहरूमा सिरिश कुन्दरको ‘मिसेस सिरियल किलर’, शशांक घोषको ‘हाउस एरेस्ट’, सुधीर मिश्राका तीन चलचित्रहरू ‘सिरियस मेन’, ‘मस्का’ र ‘काली खुही’ र रोय कपुर फिलम्सको ‘ये ब्यालेट’ रहेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै