भारतको झारखण्डमा दोहोरो भिडन्तमा ३ नक्सल र १ प्रहरीको मृत्यु

खरीबोट

झारखण्ड । भारतकाे झारखण्ड राज्यकाे बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । “दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,” सिआरपिएफले जनाएको छ ।

भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ । उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ ।

सम्बन्धित समाचार

सोह्र राउण्ड गोली र पेस्तोलसहित भारतीय पक्राउ

बुटवल । गौतमबुद्ध विमानस्थलबाट प्रहरीले हतियारसहित  भारतका नागरिकलाई नियन्त्रणमा लिएको छ । भारतको सिन्दुनगर कृष्णनगर मानसनगर लखनउ उत्तर प्रदेश ठेगाना भएका ५० वर्षीय उमेश शुक्लालाई विमानस्थलमा सुरक्षार्थ खटेका प्रहरीले जाँचका क्रममा

गुठी विधेयक : उल्टो महाभारत सुरु

म सकेसम्म राजनीतिसँग जोडिने विषय बोल्न र लेख्न चाहन्नँ । राजनीतिमा विभाजित हुने इच्छा पनि छैन । जोसुकैका पनि राम्रा कुराको म समर्थन गर्छु । अमुक पक्षले बोलेको भन्दैमा मेरो

भारतको विहारमा इन्सेफ्लाईटिसबाट मृत्यु हुनेको संख्या १०३ पुग्यो

विहार । भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १०३ पुगेको छ । “श्रीकृष्ण मेडिकल कलेज (अस्पताल) मा मात्रै मृत्यु हुनेको संख्या ८५ पुगेको छ,” अस्पतालका प्रमुख

भारतीय मालवाहक ट्रकमा चेकजाँच नगर्ने आदेश बारे गृहको स्पष्टिकरण 

काठमाडौं । गृह मन्त्रालयले उद्योगमैत्री वातावरण सिर्जना गर्नका लागि मालवाहक भारतीय गाडीलाई निर्वाध आवागमन गर्न दिन पत्राचार गरिएको गृह मन्त्रालयको दाबी गरेको छ ।  भारतबाट आयात गरी नेपाली उत्पादनमूलक उधोगहरुमा प्रयोग


z