• २०८१ बैशाख ७ शुक्रबार

भारतको झारखण्डमा दोहोरो भिडन्तमा ३ नक्सल र १ प्रहरीको मृत्यु

kharibot

झारखण्ड । भारतकाे झारखण्ड राज्यकाे बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । “दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,” सिआरपिएफले जनाएको छ ।

भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ । उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै