• २०८१ बैशाख ८ शनिबार

विश्वकै ठूलो हवाईजहाजको परिक्षण उडान सफलतापूर्वक सम्पन्न

kharibot

संसारकै सबैभन्दा ठूलो हवाईजहाज स्ट्राटोलन्चले आफ्नो परिक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त हवाईजहाजले अमेरिकाको दक्षिण-पश्चिम क्षेत्रमा रहेको मोजाभे मरुभूमिमाथि करीब अढाई घण्टा उडान भरेको थियो । स्ट्राटोलन्चले क्यार्लिफोनियास्थित मोजाभे एयर एण्ड स्पेस पोर्टबाट उडान भर्दै मोराभे मरुभूमिदेखि १७००० फिट माथिसम्म उडेको थियो । त्यसैगरी यस हवाईजहाजले १८९ माइल प्रती घण्टासम्मको गती लिन सफल भएको जनाइएको छ ।

स्ट्राटोलन्चको लम्बाई ७३ मिटर र यसका पखेंटासहितको चौडाई ११७ मिटर रहेको छ । यो प्लेन लम्बाईका हिसाबले नभएर पखेंटासहितको चौडाईको आधारमा संसारको सबैभन्दा ठूलो हवाईजहाज हो ।

विशेष गरेर भू-उपग्रहहरूको लागि लन्चींग प्याडका रुपमा प्रयोग गर्न निर्माण गरिएको स्ट्राटोलन्चले ५ लाख पाउण्डसम्म वजन भएका रकेट थेग्न सक्ने बताइएको छ । स्ट्राटोलन्चले सन् २०२२ सम्ममा भू-उपग्रहसहितका रकेट अन्तरिक्षमा पठाउने अपेक्षा गरिएको छ । यस हवाईजहाजले झन्डै ३५ हजार फिट माथिबाट रकेटको प्रपेक्षणमा लन्चींग प्याडको काम गर्नेछ ।

यो हवाईजहाजलाई स्ट्राटोलन्च सिस्टम्स कर्पोरेसनका लागि अमेरिकी एरोस्पेस कम्पनी स्केल्ड कम्पोजीट्सले निर्माण गरेको हो । स्ट्राटोलन्च सिस्टम्स कर्पोरेसन माइक्रोसफ्टका सह-सँस्थापक पल एलेनले सन् २०११ मा सुरु गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै