• २०८१ बैशाख ७ शुक्रबार

नयाँ बर्षको पहिलो दिनको सेयर कारोवार सुखद : सुचक तथा कारोवार रकम दुबै बढे

kharibot

काठमाडौं । नयाँ बर्ष २०७६ को पहिलो दिनको सेयर कारोवार सुखद देखिएको छ ।

नेप्से सुचक तथा कारोवार रकम दुबै बढ्दा नयाँ बर्षको सुरुवाती कारोवार सुखद देखिएको हो । आज सोमबार नेप्से चार दसमलव सात अंकले बढेर ११ सय ८८ दसमलव ७१ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव १३ अंकले बढेर दुई सय ५४ दसमलव ७७ बिन्दुमा चढेको छ ।

एक सय ६५ कम्पनीहरुको पाँच हजार चार सय पाँच वटा कारोवारमा नौ लाख ६४ हजार पाँच सय ९८ कित्ता सेयर खरिद बिक्री भएकाछन । 

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३० करोड ४५ लाख ७६ हजार सात सय ८२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा छ वटा समुहले कमाएकाछन भने चार वटा समुहले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ८९ अंकले बढेर एक हजार ५८ बिन्दुमा चढ्दा बिकास बैक समुहको सुचक पनि चार दसमलव १३ अंकले बढेर १४ सय ८३ दसमलव ८३ बिन्दुमा चढेको छ ।

यसैगरी निर्जिवन बीमा, लघुबित्त, होटल र उत्पादनमुलक समुहको सुचक पनि बढेकाछन । गुमाउने कम्पनीको सुचीमा परेको जलबिद्युत समुहको सुचक भने पाँच दसमलव ३२ अंकले घटेर ११ सय ३३ दसमलव ४२ बिन्दुमा झर्दा जीवन बीमा समुहको सुचक ११ दसमलव २५ अंकले घटेर पाँच हजार नौ सय ८० दसमलव २८ बिन्दुमा झरेको छ ।

यसैगरी फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ ५६ पैसाले बढेर एक हजार २५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ८९ पैसाले घटेर एक सय ३५ रुपैयाँका कारोवार भएको छ ।

रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता पाँच सय २२ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ७० लाख २८ हजार दुई सय एक रुपैयाँको सेयर कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै