• २०८१ बैशाख ८ शनिबार

विश्वकप क्रिकेटका लागि भारतीय खेलाडीको घोषणा, को को परे ? 

kharibot

काठमाडौं । आइसीसी क्रिकेट विश्वकपका लागि भारतीय १५ सदस्यीय खेलाडीको घोषणा भएको छ ।

आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने क्रिकेट विश्वकपका लागि भारतीय खेलाडीको घोषणा गरिएको हो ।

विश्वकप खेल्ने भारतीय खेलाडीहरुमा विराट कोहली (कप्तान), रोहित शर्मा (उप-कप्तान), महेन्द्र सिंह धोनी, हार्दिक पाण्डेय, केदार जादभ, भुवनेश्वर कुमार, कुलदीप यादव, युजवेन्द्र चहल, जसप्रित बुमराह, शिखर धवन, मोहमद सामी, केएल राहुल, रविन्द्र जडेजा, दिनेश कार्तिक र विजय शंकर रहेका छन् ।

विश्वकपमा भारतले पहिलो खेल दक्षिण अफ्रिकासँग जुन ५ मा खेल्ने छ । भारतले यस अघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै