अफगानिस्तानमा बेबारिसे बम विस्फोटमा परी सात बालबालिकाको मृत्यु

खरीबोट

अफगानिस्तान । अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ ।    

यस विस्फोटबाट अरु धेरै व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ । प्रान्तीय गभर्नर असादुल्लाह दवलतजाईले यस घटनाको पुष्टि गर्नु भएको छ ।    

अफगानिस्तानमा बारुदी सुरुङ आक्रमणमा परी हरेक महिना कम्तीमा एक सय सात जनाको मृत्यु हुुने गरेको एक सरकारी तथ्याङ्कमा उल्लेख छ ।    

अफगानिस्तानका तीन हजार ४०० वर्ग किलोमिटर क्षेत्रमा बिछ्याइएका विस्फोट पदार्थलाई निस्तेज बनाइएको छ, तर अर्को एक हजार ७०० वर्गकिलोमिटर क्षेत्रमा भूमिगत बारुदी सुरुङ सफा गर्न बाँकी रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

सम्बन्धित समाचार

अफगानिस्तानविरुद्ध इङल्याण्डको विशाल रन, मोर्गनले एक्लैले बनाए १४८

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत इङल्याण्डले अफगानिस्तानलाई ३९८ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला बय्टिंग गरेको इङल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रन बनाएको हो । इङल्याण्डले

अफगानिस्तानमा हवाई आक्रमणमा एघार लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । स्थानीय समयानुसार

अफगानिस्तानमा सेनाकै हवाई आक्रमणमा परी पाँच सैनिक मारिए

कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् । जिल्लाका गभर्नर महबोउल्ला सायेदीले

अफगानिस्तानमाथि न्युजील्याण्डको सहज जित 

काठमाडौँ । जारी विश्वकप क्रिकेट अन्तर्गत न्यूजील्याण्ड लगातार तेस्रो खेलमा विजयी भएको छ । गएराती सम्पन्न खेलमा न्युजील्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य पछाएको


z