• २०८१ बैशाख ८ शनिबार

सरकारलाई साथ दिदैं एनएमबी बैंकले ल्यायो ‘सबैका लागि बचत सधैंका लागि सहारा’ 

kharibot

काठमाडौं । वर्तमान सरकारले सम्पूर्ण नेपाली नगारिकको बैंक खाता खोलिने भनेसँगै त्यसलाई एनएमबी बैंकले साथ दिएको छ ।

बैंकले सरकारको योजनालाई अझ परिस्कृत गर्दै ‘सबैका लागि बचत सधैंका लागि साहरा’ भन्ने नारासहित एनएमबि ‘सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले एक घर एक खाता अभियानलाई समेत परिस्कृत गर्दै उक्त अभियान ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । 

सो अभियान अन्र्तगत बैंकमा खाता खोल्ने बित्तिकै बैंकको तर्फबाट सय रुपैयाँ जम्मा हुने केसीले बताए । एनएमबि सबैको सहारा बचत खाता अन्र्तगत बीमा समेत सुरक्षित रहने बैंकले जनाएको छ । उनले उक्त खाता मार्फत् प्रत्येक ग्राहकहरुको अग्रिम बीमा सुरक्षण गरिनेछ जस अन्तर्गत खातावालाको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा वा क्यान्सर , किड्नी निस्कृयता ,मस्तिस्कघात लगायतका १८ वटा गम्भिर रोग लगोको खण्डमा खातावाल वा नीजको नजिकको हकवालालाई रु १० लाखसम्को बीमा रकम उपलब्ध गराइने बताए । 

बीमा रकमको लागि भने ग्राहकले आफनो क्षति भएको विवरण बैंकमा उपलब्ध गराएसँगै बिना झन्झट ग्राहकलाई बीमा बापत्को रकम प्रदान गर्ने जनाएको छ । बीमा रकम उपलब्ध गराउने बारेमा भन्ने बैंकले बीमा कम्पनीहरुसँग समन्वय गर्ने जनाएको छ । 

उक्त खातामा सर्वाधिक ब्याजदर ,निशुल्क डिम्याट खाता ,निशुल्क मोबाइल बैंकिङ्ग ,निशुल्क इन्टरनेट बैंकिङ्ग तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपाल भरिका जुनसुकै एटिएमबाट निशुल्क रकम झिक्न सकिनेछ । 

२०१७ र २०१८ मा बैंक अफ दि इयरको अवार्ड प्राप्त गर्न सफल एनएमबी बैंकका ११० वटा शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर तथा ९९ एटिएमबाट सर्वसाधारणका लागि सुविधा दिदैं आएको छ । 

सम्पूर्ण नेपालीको बैंक खाता हुदाँ छरिएर रहेका नदेखिएका पुँजीहरु देखिने तथा त्यसलाई लगानीमा परिणत गर्न सकिने हुदाँ एनएमबी बैंकको उक्त योजना नेपालीको हितमा हुने केसीले बताए । उनले भने , ‘ बैंकमा खाता भएसँगै हाल व्यक्तिसँगै भएको बैंकमा देखिन्छ जसले गर्दा नेपालमा पुँजी कति छ भन्ने कुराको जानकारी भई लगानीको लागि निक्यौले गर्न सकन्छि । ’

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर अबका दिनमा सम्पूर्ण नेपालीहरुको बैंक खाता हुने बताएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै