• २०८१ बैशाख ८ शनिबार

रकम फ्रिज गराउन खोजेको भन्दै बडा कार्यालयमा तालाबन्दी

kharibot

बर्दिया, बढैयाताल ।  बाटो बनाउनका लागि आएको रकम फ्रिज गर्न खोजिएको भन्दै स्थानीयले बढैयाताल गाँउपालिका बडा नं ६ को बडा कार्यालय स्थानीयले तालाबन्दी गरेका छन ।

पटक पटक बडा अध्यक्ष र सदस्यहरु संग बारम्वार स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत बाटो निर्माणका लागि उपभोक्ता समिति गठनका लागि ताकेता गर्दा पनि चासो नदिएकाले ताला लगाउन बाध्य भएको बढैयाताल गाँउपालिका बडा न ६ का सरद तिवारीले बताए ।

संघिय सांसद संजय गौतमको सांसद बिकास कोषबाट बांडफांड गरि सर्वोदय प्रा.वि. लोखरपुर देखि भदोहि जाने बाटोमा परेको २० लाख रकम बडा अध्यक्ष र सदस्यहरुले जानी जानी फ्रिज गराउन खोजेकोले आज हामीले बडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको हौ तिवारीले भने । 

बाटा निर्माणका लागि हैरान भएका थियौ अति भएर नै हामी स्थानीयले तालाबन्दी गरेका हौ र बाटो निर्माणका लागि ठोस कदम नचालिए सम्म बडामा लगाइएको ताला नखोलिने समेत तिवारीले बताए ।

फ्रिज गराउन खोजियको नभएर कागजी प्रकृया पुरा नभएकोले बाटो निर्माणका लागि उपभोक्ता समिति गठन गर्न नसकिएको बढैयाताल गाँउपालिका बडा र्न ६ का बडा अध्यक्ष रामहर्ष चौधरीले बताए । आज नै सम्पुर्ण प्रकृया पुर्याएर बाटो निर्माणका लागि समिति गठनका प्रकृया अगाडि बढाइने समेत चौधरीले भने । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै