• २०८१ बैशाख ७ शुक्रबार

अब टिभिएसका बाईक र स्कुटरहुरु दराजमा पनि पाईने

kharibot

काठमाण्डौं । जगदम्बा मोटर्स, अन्तराष्ट्रिय स्तरमा प्रसिद्द दुई तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनीको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता हो ।

नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको विकासमा नेतृत्वदायी भूमिकामा रहेको दराज ग्रुप, दक्षिण एसियाका देशहरुपाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ । 

यो नयाँ बर्षमा टिभिएस किन्न ईच्छुक ग्राहकहरुलाई खुसिको खबर छ । १० अप्रिलमा जगदम्बा मोटर्स प्रा ली का भाईस प्रेसिडेन्ट दिपक अग्रवाल र दराज अनलाईनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङ् बिच भएको एउटा सम्झैता अनुसार अब दराज अनलाईनबाट टि भि एसका मोटरसाईकल र स्कुटरहरु खरिद गर्न सकिने छ ।

नयाँ बर्षको सुरुवातमा ल्याईएको यस अफरमा काठमान्डौंका ग्राहकहरुले दराजबाट कुनै पनि टि भि एसका बाईक वा स्कुटर किन्दा रु १० हजार को छुट पाउने छन। समित अबधिको लागि दिईएको छुट पहिलो १०० जना ग्राहकहरुका लागि मात्र लागू हुनेछ। 

अनलाईन ब्यापारको माहोल राम्रो बन्दै गएको नेपालमा बाईकहरु पनि अनलाईनबाट किन्न पाउनु नैलो प्रयोग हुनेछ । यसको व्यापकता आउनेदिनहरुले देखाउने नै छन् । 

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै