आजदेखि पाँच लाख बढीको सेयर कारोवारमा प्यान अनिवार्य 

खरीबोट

काठमाडौँ । रु पाँच लाखभन्दा माथिको शेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ ।

नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान लागू गरेको हो । रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने प्यान लागू हुने छैन । 

धितोपत्रको दोस्रो बजारमार्फत कारोवार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय गरी कार्यान्वयनका लागि स्टकलाई निर्देशन दिएको थियो । सोही आधारमा लगानीकर्ताको सहजीकरणका लागि स्टकले स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेस्कसमेत खडा गरेको थियो ।

पछिल्लो पटक चैत १२ गते लगानीकर्ताको माग र सरोकार भएका निकायको ध्यानाकर्षणपछि रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने ऐच्छिक रुपमा मात्रै प्यान लागू हुने व्यवस्था गरिएको छ । शेयर बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ प्यान लागू गरिएको स्टकले जनाएको छ । 

सम्बन्धित समाचार

नेप्से सूचक तथा कारोबार रकम दुवैमा गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचक तथा कारोबार रकम दुुबै नै ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज दुुई दशमलव २३ अंकले घटेर

नेप्सेमा नेप्सेमा सामान्य वृद्धि, तीन समूहले गुमाउँदा आठले कमाए 

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सामान्य अंकले वृद्धि देखिएको छ । नेप्से आज दुुई दशमलव ६३ अंकले बढेर १२ सय ६० दशमलव ९० विन्दुुमा चढ्दा सेन्सिटिभ पनि

साताको पहिलो दिन नै ओरालो लाग्यो नेप्से, ४७ करोडको कारोबार 

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नै नेप्से ओरालो लागेको छ । नेप्से आज ११ दशमलव ३६ अंकले घटेर १२ सय ५८ दशमलव २७ विन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स

नेप्से १२ सय ६९ अंकमा, सातामा दुई अर्ब पाँच करोडको खरिद बिक्री

काठमाडौं । यो साता एक सय ७३ कम्पनीहरुको २९ हजार तीन सय ८१ वटा कारोवार भएकाछन । जसअनुसार ६८ लाख ७६ हजार पाँच सय ६३ कित्ता सेयर खरिद बिक्री हुंदा


z